नेकपाको स्थायी कमिटीमा ‘कोरोना जन्तर’ : ‘माधव कमरेडले दिनुभयो लगाएँ’
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको छ। गत बुधबारबाट सुरु भएको बैठक शुक्रबार पनि जारी रह्यो ।
स्थायी कमिटी बैठकबाट ‘कोरोना जन्तर’ चर्चामा आएको छ। सामाजिक सञ्जालमा आएको उक्त भिडियोमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले ‘कोरोना जन्तरका बारेमा बोलेका छन्।
मुखमा लगाउने मास्क हातमा समातेका न्यौपानेले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘केटाकेटी हुँदा धामिले एउटा जन्तर लगाई दिन्थे। यो भुतप्रेत, बोक्सी लाग्दैन भनेर गलामा झुण्ड्याई दिन्थे। अहिले कोरोना जन्तर लाईदिए। यसले कति काम गर्छ भन्ने हो।’
कमिटीका के भनेर हजुरहरुलाई दिइयो त भन्ने पत्रकारको प्रश्नमा न्यौपाने भन्छन्, ‘हैन् हैन दिँदा दिएको हैन्। माधव कुमार नेपाल कमरेडले ल्याउनु भएको । एउटा प्याक छ। कुन चाहीँ डाक्टरले दिएको रे। जापानमा पनि धेरैले लगाएर हिड्छन् रे।’
स्थायी कमिटीका सम्पूर्ण सदस्यहरुले यो जन्तर नलगाएको उनले बताए उनले भने, ‘सबैले लगाएका छैनन्। भेटे जतिले लगाएका छन्। सकियो होला लाउँदा लाउँदै।’
उनले त्यो जन्तरलाई घाममा देखाउन नहुँने बताएका छन्। उनले भने, ‘यसलाई घाममा नदेखाउनु भन्ने नियम रहेछ।’
‘अर्कोले लाएको देखेर मैले मागे दिए। यो के हो भने मैले मागे। मलाई थाहा छैन यसले उडाउने हो की हैन्। उही बेसारको धुलो जस्तै हो की ?’
उनले आफूलाई त्यो चिज माधव कुमार नेपालले दिएको जानकारी गराए । माधव नेपाल नेकपाका बरिष्ठ नेता हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment