गण्डकीमा थपिए १४ संक्रमित

डिसी नेपाल
१३ असार २०७७ ७:०१

काठमाडौँ । गण्डकी प्रदेशमा थप १४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्।

अधावधिक विवरा अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ।

शुक्रबार राति गण्डकीका ४ जिल्लाहरु पर्वतमा २, कास्की १, लमजुङ ६ र गोरखामा ५ जना संक्रमित थपिएका हुन्।

नयाँ संक्रमितहरु सबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *