बिहानै ३ जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१३ असार २०७७ ८:३३

काठमाडौँ । शनिबार बिहानै तीन जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहान क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।

पछिल्लो समय संक्रमित देखिएकाहरु, बागलुङका ८, स्याङ्जाका २२ र नवलपुरका दुई जना रहेका छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ।

निर्देशनालयका अनुसार, हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेको र अन्यलाई सम्बन्धित जिल्लाका आइशोलेसनमा लैजाने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *