अफ्रिकामा समस्यामा परेका नेपालीको पहिलो ‘उद्धार’ उडान ३ जुलाइमा इथोपियाको अदिस अबाबाबाट हुने

डिसी नेपाल
१३ असार २०७७ २१:३०

काठमाडौँ । कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ उडान ३ जुलाइमा हुने भएको छ ।

नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार  ३ जुलाइ बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरबेजको क्युआर १४४८ नम्बरको चार्टर्ड जहाजले पहिलो उडान भर्नेछ ।

थापाले नेपाल फर्कन इच्छुक इथोपिया तथा अन्य नजिकका देशहरुमा रहेका नेपालीलाई २ जुलाइसम्म अदिस आइपुग्न अनुरोध गरेका छन् । यसरी फर्कन चाहाने नेपालीहरुले इजिप्टस्थित नेपाल दूतावासमा सम्पर्क राख्न सक्नेछन् ।

थप उद्दार उडान नाइजेरिया, केन्या र युगान्डा, कङ्गो र दक्षीण अफ्रिकाका लागि पह समेत भइरहेको थापाको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *