कोरोनाले थलिएको नेपालमा सलहले थपियो चिन्ता

डिसी नेपाल
१३ असार २०७७ २२:२८

काठमाडौं। बालीनाली नष्ट पारिदिने फट्यांग्रा प्रजातीको एक किरा हो सलह। निकै ठूलो हुलमा रहने सलहको नेपाल प्रवेशसँग कोरोना महामारीको चपेटामा परेको नेपालमा थप चिन्ता बढाएको छ।

सलहको एक झुण्डले झुण्डले २५ सय जनालाई पुग्ने अन्नबाली खाइदिन सक्ने विज्ञहरुको अनुमान छ। नेपालमा यो विनाशकारी सलह यस्तोबेला प्रवेश गरेको छ, जति बेला नेपालको सबैभन्दा धेरै खेति हुने धानको रोपाईँ चलिरहेको छ। अझ पहाडी क्षेत्रमा त मकै पनि बारी मै छ।

एकैदिन सलह तराईबाट प्रवेश गरेर नेपालको पहाडमा पुगिसकेको छ। सलह आएपछि अनिकाल पर्ने लगभग निश्चित हुन्छ। किनकी यसले बालीनाली नष्ट पारिदिन्छ। धानको बिउ र मकै यसले सखाप पार्न सक्ने देखिएपछि नेपालमा आगामी वर्ष खाद्य संकट पर्ने अनुमान गरिएको छ। त्यसो त नेपाल खाद्यन्नमा यसै पनि आत्मनिर्भर छैन। कोरोनाका कारण जारी लकडाउनका कारण आर्थिक स्रोत गुमाएका नेपालीले सलहका कारण खेतीबाली पनि गुमाउनुपर्ने स्थिति आएपछि नेपालीहरु दोहोरो मारमा पर्ने देखिएका हुन्।

सलहको नेपाल प्रवेशपछि यसले पार्ने असर क्षतिबारे अनुसन्धान शुरु भएको कृषि पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी सलहलाई नियन्त्रण गर्न सरकार तयार रहेको संघीय सरकारदेखि स्थानीय तहसम्म समन्वय भइरहेको जानकारी दिएको छ।

सलह प्रवेशपछि सामाजिक सञ्जालहरुमा पनि चिन्ता व्यक्त गरिएका छन्। त्यसो त केहीले सलहको क्षति न्यूनीकरणबारे पनि सामाजिक सञ्जालमाफर्त जानकारी दिइरहेका छन्।

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सलहको क्षति न्यूनीकरणबारे जानकारी पोष्ट गरेका छन्। मुख्यमन्त्री पोखरेलले कृषि पत्रिकाबाट साभार भनी सुझाएका उपयाहरुः

े१ हुललाई तितरबितर पार्ने – आगो बाल्ने,धुवा उडाउने आदि ।

२ प्राकृतिक सिकारिको प्रयोग – हाँस,माकुरा,छेपारो आदि (हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा किरा खान्छ) ।

३. ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने,स्पिकर बजाउने आदि)

४ प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने,

५ किटनाशकको प्रयोग, जैविक समेराटाईजियम ,रसायनिक मालाथिन,फेनिट्रोथिन,डाईजिनन र फिप्रोनिल,बोरिक एसिड आदि ।

६ लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केहि मात्रमा नियन्त्रण गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *