काठमाडौं प्रवेश गर्ने सबैलाई होम क्वारेन्टिनको व्यवस्था, वडा र पुलिसको निगरानी अनिवार्य

डिसी नेपाल
१५ असार २०७७ १८:३९

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले लकडाउनलाई खुकुलो बनाउँदै लैजान बनेको मापदण्डलाई कडाइकासाथ लागु गर्न निर्देशन दिएको छ।

उद्योग सञ्चालन, भषा परीक्षा लगाएतका स्थानमा सीसीएमसीले लागु गरेको मापदण्डको पालना नभएको ठहर गर्दै मापदण्डलाई कडाई गर्न लागिएको बैठकपछि महेन्द्र गुरागार्इँले जानकारी दिए। सीसीएमसीको सोमबार सिंहदरवारमा बैठक बसेको थियो।

समितिको बैठकले हवाई तथा स्थलमार्गमार्फत काठमाडौं आउनेहरुलाई वडा र प्रहरीको सिफारिसमा १४ दिन होम क्वारेन्टिनमा बस्ने मापदण्ड बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिए। यसरी होम क्वारेन्टिनमा बस्दा वडा र पुलिसको निगरानी अनिवार्य जस्तै हुने छ।

यस्तै, उनका अनुसार बैठकले आफूखुसी क्वारेन्टिन स्थलमा जान नदिने निर्णय गरेको छ। यसअघि उपहार दिने नाममा आफूखुसी क्वारेन्टिनमा जाने गरेको गुनासो आएको गुरागाईँले जानकारी दिए। उप्रान्त क्वारेन्टिन स्थलमा जानुपर्ने भए स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *