विज्ञापन आउन बन्द भएपछि फेसबुकले उठायो यस्तो कदम

डिसी नेपाल
१६ असार २०७७ २२:४१

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्लाटफर्ममा घृणा फैलाउने अभिव्यक्ति रोक्नको लागि आफूलाई अडिट गर्न सहमत भएको छ। विभिन्न ठूला कम्पनीले फेसबुकमा आफ्नो विज्ञापन बन्द गर्ने बताएपछि फेसबुकले आफूलाई अडिट गर्ने सहमति जनाएको बताइएको छ।

यूनिलिभर र स्टारबक्सद्वारा अमेरिकी नागरिक अधिकारीले सूरु गरेको ‘स्टप हेट फर प्रोफिट’ अभियानमा हस्ताक्षर गरेपछि फेसबुकले उक्त कदम उठाएको रोयटर्सले जनाएको छ। घृणा फैलाउने अभिव्यक्ति रोक्न फेसबुकलाई दबाब आएको छ।

मिडिया रिपोर्ट काउन्सिलका अनुसार फेसबुकले विज्ञापनसँगै हानिकारक र घृणा फैलाउने सामाग्री आउनबाट कसरी जागाउछ भन्ने कुराको मुल्यांकन गर्न अडिटको आयोजना गरेको हो। हालसम्म अडिटको समय भने निर्धारित भएको छैन्। यसअघि नै केही ठूला विज्ञापनदाताले फेसबुकमा आफ्नो कम्पनीको विज्ञापन दिन बन्द गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *