६ प्रतिशतले बढेपछि डेढ घण्टामै शेयर बजार बन्द

डिसी नेपाल
१७ असार २०७७ १३:२२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६ प्रतिशतले बढेपछि बुधबार डेढ घण्टामै शेयर बजार बन्द भएको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से १ घण्टा २४ मिनेटमा ६ प्रतिशत अर्थात ७५.७७ अंकले वृद्धि भएपछि एक दिनका लागि कारोबार स्थगित गरिएको हो।

लकडाउन खुकुलो भएपछि सोमबारदेखि नियमित कारोबार हुन थालेको शेयर बजार पहिलो दिन १३ अंकले घटेको थियो। यसैगरी दोस्रो दिन मंगलबार ७२ अंकले बढेकोमा बुधबार पुनः बढेर नेप्से १३३६.५३ अंकमा पुगेको छ।

बुधबार १३५ कम्पनीको ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार होटलबाहेक सबै उपसूचक बृद्धि भएको छ । सबैभन्दा बढी जीवन विमा कम्पनीको सूचक ५४८ अंकले बृद्धि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *