कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, गत २४ घण्टामा ४८२ थपिए
काठमाडौं । गत २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको परीक्षणबाट ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्राडा डा. जागरेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष गरी ४ सय ८२ जना र हालसम्म १ हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ जना पुरुष गरी १४ हजार ४६ जना कोरोनाका संक्रमित भेटिएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment