सलहको अरु झुण्ड पनि नेपाल आउने चेतावनी

डिसी नेपाल
१७ असार २०७७ १९:१७

काठमाडौं। गएको शनिबार नेपालका पाँचवटा जिल्लाबाट प्रवेश गरेको सलह बुधबार पहाडी जिल्लाहरुमासमेत पुगिसकेकोमा फेरि भारतबाट अरु सलहको झुण्ड नेपाल आउने चेतावनी दिइएको छ।

कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले भारतबाट थप सलहको झुण्ड नेपालतर्फ आउने चेतावनी दिएको हो।

सेन्टरले भारतको बिहार राज्यको चम्पारण जिल्लाबाट नेपालतर्फ सलहको झुण्ड अगाडि बढेको जनाएको छ। हावाको वेगसँगै उड्ने सलह पूर्वी तराईँ, मधेस र केही पहाडी जिल्लामा प्रवेश गर्न सक्ने सेन्टरले जनाएको छ।

सेन्टरले सलह नेपाल आउने चेतावनीसँगै सलहबाट बच्ने उपया अपनाउन कृषकहरुलाई आग्रहसमेत गरेको छ। सलह पहिलो दिन मकवानपुर, सर्लाही, बारा, पर्सा र रौतहटबाट नेपाल प्रवेश गरेको थियो। सलहले गरेको क्षतिबारे यकिन तथ्यांक सेन्टरले दिन सकेको छैन। तर, धान, मकै तथा तरकारी बालीमा क्षति गरेको सेन्टरले बताएको छ। सलह बुधबारसम्म नेपालका विभिन्न २६ जिल्लामा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *