दुई सैनिक अधिकृतले प्रधानसेनापतिकै पत्रमा किर्ते गरेपछि बर्खास्त
काठमाडौं। सैनिक मुख्यालयले बुधबार दुईजना उच्च सैनिक अधिकारीलाई सेवाबाटै बर्खास्त गर्यो। सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो।
सहायक रथी रावल सेनाको नीति निर्देशनालयका निर्देशक थिए भने खड्का उनी मुनिका अधिकृत। एक वर्ष अगाडि प्रधानसेनापति पूर्णचन्द्र थापाले तोक लगाएको एक पत्र नीति निर्देशनालयमा प्राप्त भएको थियो।
सो पत्रमा महासेनानी खड्काले मिति परिवर्तन गरेको र सो मिति परिवर्तन गरिएको पत्रलाई सहायक रथी रावलले सदर गरेको आरोप पुष्टि भएपछि बुधबार सैनिक अदालतले दुबै अधिकृतलाई बर्खास्त गरेको हो। सैनिक आचारणमा बस्न नसकेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सेनाको स्रोतले जनाएको छ।
सहायक रथी रावल अमेरिकाबाट वार कलेजको तालिम लिइ भरर्खमात्र नेपाल फर्किएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment