आज घट्यो सुन, तोलाको कति ?

डिसी नेपाल
१८ असार २०७७ १२:२२

काठमाडौँ । आज साताको (बिहीबार) सुनको भाउ ओरालो लागेको छ ।

आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कोरोबार भइरहेको छ। बुधबार तेजावी प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९५० रुपैयाँमा कोरोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *