६ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द

डिसी नेपाल
१८ असार २०७७ १४:०१

काठमाडौं। शेयर बजार विहीबार नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ । विहिबार कारोबार सुरु भएसँगै आरोलो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द गरिएको हो ।

बिहीबार कारोबार सुरु भएको २३ मिनेटमा पहिलो नेगेटिभ सर्किट लागेको थियो । पहिलो सर्किटपछि २० मिनेपछि खुलेको बजारमा ३ मिनेटभित्रै दोस्रो नेगेटिभ सर्किट लाग्यो । ११ बजेर ४७ मिनेटमा बजार ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरियो । १२ बजेर २७ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेट जाँदा तेस्रोपटक नेगेटिभ सर्किट लागेर आजको लागि बन्द भएको नेप्सेले जनाएको छ ।

यसअघि मंगलबार र बुधबार भने बजार ६ प्रतिशतले बृद्धि भएपछि समय सकिनु अघि नै कारोबार बन्द गरिएको थियो ।
नेप्से विहिबार ८०.४१ अंकले घटेर १२५६.११ अंकमा अडिएको छ । यसदिन १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर बाट ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *