नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर कारोबार बन्द

डिसी नेपाल
१८ असार २०७७ १४:१७

काठमाडौं। शेयर बजार विहिबार नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ। बिहीबार कारोबार सुरु भएसँगै आरोलो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द गरिएको हो।

बिहीबार कारोबार सुरु भएको २३ मिनेटमा पहिलो नेगेटिभ सर्किट लागेको थियो। पहिलो सर्किटपछि २० मिनेपछि खुलेको बजारमा ३ मिनेटभित्रै दोस्रो नेगेटिभ सर्किट लाग्यो। ११ बजेर ४७ मिनेटमा बजार ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरियो।

१२ बजेर २७ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेट जाँदा तेस्रोपटक नेगेटिभ सर्किट लागेर आजको लागि बन्द भएको नेप्सेले जनाएको छ। यसअघि मंगलबार र बुधबार भने बजार ६ प्रतिशतले बृद्धि भएपछि समय सकिनु अघि नै कारोबार बन्द गरिएको थियो।

नेप्से बिहीबार ८०.४१ अंकले घटेर १२५६.११ अंकमा अडिएको छ। यसदिन १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर बाट ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *