आज यूएई र कतारसहित केही देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
१९ असार २०७७ ६:४६

काठमाडौँ । आज असार १८ गते (३ जुलाई, शुक्रबार) यूएई र कतारसहित केही देशका मुद्राको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ३२ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ १० पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ६३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ७६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *