सडक निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित
नुवाकोट। नुवाकोटको सडक निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग गरिको भन्दै स्थानीय आक्रोशित भएका छ्न् । नुवाकोटको बेलकोटगढी नगरपालिका-६ मा सडक निर्माण कार्यमा प्रयोग गर्न ल्याइएको ह्युमपाइप गाडीबाट ओराल्ने क्रममा नै फुटेपछि स्थानीय आक्रोशित भएका हुन ।
ठेकेदारले विकासको नाममा नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेको आरोप स्थानीयको छ । ह्युमपाइप फुटेलगत्तै जात्रामा झै रमिता हेर्न गएका स्थानीयहरु भन्छ्न ‘ह्युमपाइपमा त फलाम, तार प्रयोग हुनुपर्ने हो । तर त्यहाँ त केही पनि थिएन हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरेर हुन्छ ?’
स्थानीय बासिन्दा श्रीकृष्ण खतिवडा ले भने ‘निर्माण गरिसकेपछि केही बर्षलाई पुग्ने गरियोस यसरी आँखामा छारो हालेर त हुँदैन। गाडीबाट ओराल्दै फुटेको पाइप देखेर हामीलाई थाहा भयो यहाँ सबै सामग्री गुणस्तरहीन प्रयोग भएको छ।’ दीर्घकालीन विकासका लागि उत्कृष्ट कार्य गर्नुपर्ने स्थानीय सरकार जिम्मा दिएर ढुक्क बस्नुको परिणाम यस्तो देखिएको स्थानीयको आरोप छ ।
सोही स्थानका सन्दिप मुक्तान भन्छ्न ‘स्थानीय सरकारले पनि रेखदेख गर्नुपर्यो नि । यो त उदाहरण मात्रै हो । हरेक ठाउँमा अनुसन्धान गर्ने हो भने यस्तै ठेकेदारको नाफालाई मात्रै फोकस गरिएको हुन्छ।’ उनले अगाडि भने ‘खै स्थानीय सरकारले ध्यान दिएको ? जिम्मा लगाएपछि रेखदेख गर्नु पर्दैन ? यस्तो गैरजिम्मेवारी भएर हुन्छ?’
बजेटको दुरुपयोग गर्नुभन्दा बरू सास्ती नै सहन तयार रहेको स्थानीय प्रदीप नेपालले बताए । उनले भने ‘यसरी बजेटकोदुरुपयोग गर्नु भन्दा त बरु हामीलाई सकस नै ठिक छ । ठेकेदारको मुनाफा मात्रै हेर्ने, स्थानीय सरकारले मतलब नगर्ने अनि गहिरो अनुसन्धान नगर्ने हो भने हामी बाटो निर्माण गर्न दिने पक्षमा छैनौ।’ नुवाकोटका अन्य स्थानमा पनि सडक निर्माण कार्य धमाधम चलिरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment