आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । आज साताको छैठौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ घटेको छ।

आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कोरोबार भइरहेको छ। बिहीबार तेजावी प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९४० रुपैयाँमा कोरोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो