गृहमन्त्रालयको म्यासेज सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा

डिसी नेपाल
१९ असार २०७७ १८:५२

काठमाडौं। गृह मन्त्रालयको वेभ साइट अमेरिकाबाट ह्याक भएको खुलेको छ। केहीदिन अघि मन्त्रालयको सर्ट म्यासेजिङ सिस्टम (एसएमएस) ह्याक बारे नेपाल प्रहरीको साइबर व्यूरोले गरेको अनुसन्धान अनुसार अमेरिकाको भर्जिनिया राज्यबाट ह्याक भएको खुलेको हो।

साइबार व्यूरोले नेपाल प्रहरी प्रधान कार्यालयलाई बुझाएको रिपार्ट अनुसार भर्जिनियाबाट अमेजनको इन्टरनेट प्रोटोकल (आईपी) प्रयोग गरी ह्याक गरेको उल्लेख छ । प्रहरी प्रधानकार्यालयका प्रवक्ता निरजकुमार शाहीका अनुसार ह्याकरले गृहको सिस्टममा अनधिकृत प्रवेश गरेर गलत सन्देश प्रवाह गरेको थिए। उनका अनुसार व्यूरोले बुझाएको सो रिपार्ट गृहमन्त्रालय पठाइएको छ।

गएको ३ असाढमा गृह मन्त्रालयको सिस्टमबाट मातहतका कार्यालय र कर्मचारीहरुमा गलत सन्देशसहितको सूचना प्रवाह भएको थियो। चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तपछि भारतको पक्षमा लेखिएको सन्देश गृहका अधिकारीहरुको मोबाइलमा पठाइएको थियो।

गृहले ५ असाढमा प्रेस विज्ञप्ति जारी गर्दै एसएमएस सिस्टम ह्याक भएको सार्वजनिक गरेपछि प्रहरीको साईबर व्यूरोले अनुसन्धान शुरु गरेको थियो। यस्तो गलत सूचना प्रवाह भएको केही मिनेटमै प्रहरीको साइबर व्यूरो र गृहले सिस्टम क्लोज गरेर अनुसन्धान शुरु गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *