सिँजा गाउँपालिकाद्वारा केन्द्रको टुङ्गो

डिसी नेपाल
१९ असार २०७७ १९:२७

खलङ्गा । जुम्लाका आठै स्थानीय तहमध्ये सबैभन्दा पहिले यहाँको सिंँजा गाउँपालिकाले केन्द्र टुङ्ग्याएको छ । सिँजा –३ नराकोटमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गाउँसभाबाट सर्वसम्मत पारित भएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।

गाउँपालिकाको भवन बनाउनका लागि दुई हजार तीन सय वर्गमिटर क्षेत्रफल जग्गा प्राप्त भएको छ । गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गत वर्ष गाउँपालिका र प्रदेश सरकारबाट रु ७०–७० लाख विनियोजन भएको थियो । यस वर्ष प्रदेशबाट आउने रकम र गाउँसभाबाट विनियोजित बजेटमा छलफल गरेपछि मात्र रकम विनियोजन गरिने अध्यक्ष रावलले बताए। पालिकाको भवनको लागत रु ६ करोड हुने भएको छ । उक्त रकम पनि नपुगे प्रदेश वा केन्द्र सरकारसँग पहल गरिने गाउँपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *