एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

डिसी नेपाल
१९ असार २०७७ १९:५६

सुनसरी । सुनसरी जिल्लाको कोशी गाँउपालिका ५ कुम्याहीस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। विभिन्न किसिमको लागूऔषधसहित कोशी गाँउपालिका ४ बस्ने ३७ बर्षिय प्रमुन मियाँलार्ई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस कुम्याहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज मियाँको साथमा स्पास्मो प्रोक्सिभन चार सय ४० वटा र डाईलेक्स डिसी ३१ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।पक्राउ परेका मियाँलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *