आज अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ घट्यो

डिसी नेपाल
२० असार २०७७ ६:४९

काठमाडौँ । आज असार २० गते (४ जुलाई, शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ घटेको छ । विश्वभर कोरोना भाइरसको महामारीकाबीच विदेशी मुद्राको विनिमयदरमा पनि भारी उतार चढाब आएको राष्ट्र बैँकले जनाएको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७२ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ४२ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३८८ रुपैयाँ ८८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३११ रुपैयाँ ५१ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *