मोदीले विस्तारवादी भनेपछि चीनले दियो यस्तो जवाफ

डिसी नेपाल
२० असार २०७७ ९:१५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तारवादी भएको भनेपछि चीनले यसको जवाफ दिएको छ । चीनले मोदीको कुरालाई आधारहीन बताएको छ ।

नरेन्द्र मोदी शुक्रवार अचानक सीमा क्षेत्र लद्दाख पुगेका थिए। त्यहाँ पुगेर मोदीले आफ्नो भ्रमणको कुटनीतिक, राजनीतिक र आर्थिक महत्व रहेको बताउँदै कसैले पनि भारतको जमिनमा कब्जा गर्ने विचार राखेको भए त्याग्न भने। सम्बोधन गर्दै मोदीले चीनको नाम नलिइ विस्तारवादी नीतिको विरोध गरे तर वार्ताको ढोका खुल्लै रहेको बताए।

मोदीले चीनलाई लक्षित गर्दै विस्तारवादी भनेपछि चीनले पनि प्रतिक्रिया दिएको छ। भारतस्थित चिनियाँ राजदूतावासका प्रवक्ता जी रोङले ट्वीट गर्दै चीनलाई विस्तारवादी आँखाले हेर्नुको कुनै आधार नभएको बताएकी छिन्।

उनले चीनले संवादबाट छिमेकीहरुसँग सीमा विवाद समाधान गरेको भन्दै विस्तारवादी आरोप लगाएर समस्यालाई मोड्ने प्रयास भएको दाबी गरेकी छिन्। गत १५ जुनमा गलवानमा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *