उत्तर कोरियाले अमेरिकालाई दियो कूटनैतिक झट्का

डिसी नेपाल
२१ असार २०७७ ११:५८

काठमाडौं। परमाणु निशस्त्रीकरणलाई लिएर अमेरिका र उत्तर कोरियाको तनाव बढ्दै गएको छ । दुई देशबीच तनाव बढिरहेको बेला किम जोंग उन सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ट सन्देश दिँदै अमेरिकासँग वार्ताको कुनै आवश्यकता नभएको बताएको छ । उत्तर कोरियाले अमेरिकाले आफूलाई राजनैतिक उपकरण मात्र ठानेको आरोप लगाएको छ । कूटनीतिक स्तरमा यसलाई अमेरिकाको लागि ठूलो झट्का मानिएको छ ।

अमेरिकी प्रतिनिधिको दक्षिण कोरिया यात्रापछि उत्तर कोरियाका एक बरिष्ठ कूटनीतिज्ञले शनिबार यो बयान दिएका हुन् । उप विदेशमन्त्री चोइ सोन हुइ ले वाशिङटन र प्योंगयांगको बीचमा कुनै कुराकानी नहुने बताएका छन् । उत्तर कोरियाको नीतिमा कुनै परिवर्तन नहुने पनि उनले बताए ।

देशको सरकारी समाचार एजेन्सी केसीएनएलाई दिएको बयानमा चोइले भने ‘हामीलाई अमेरिकासँग सामुन्ने बस्ने कुनै आवश्यकता छैन । किनकि उत्तर कोरिया–अमेरिका कुराकानी अमेरिकी राष्ट्रपति ट्रम्पको लागि आफ्नो देशमा राजनैतिक संकटको बीचमा एक टुल भन्दा केही होइन ।’

उत्तर कोरियासँग रोकिएको वार्ताबारे चर्चा गर्न अमेरिकी राज्य उपसचिव स्टिफन बेगुन अर्को हप्ता दक्षिण कोरिया जाँदैछन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले बुधबार अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनअघि भेट्नुपर्ने बताएका थिए । यो भेटले रोकिएको परमाणु वार्तालाई फेरि सुरु गर्न सहयोग गर्ने उनले बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *