प्रेम विवाहको ४ दिनमै श्रीमान विशालले आत्महत्या गरेपछि निशाले पनि आत्महत्या गरिन्

डिसी नेपाल
२१ असार २०७७ १३:१०

काठमाडौं। विवाहको ४ दिनमै नवविवाहित जोडीले आत्महत्या गरेको घटना चर्चाको विषय बनेको छ । खुसीसाथ प्रेमविवाह गरेका जोडीले एक्कासी आत्महत्या गर्नुको कारण के थियो भन्ने कसैले पत्तो पाउन सकेका छैनन् । भारतको राजधानी दिल्लीसँग जोडिएको गाजियाबादमा शुक्रबार यस्तो घटना भएको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

सोमबार प्रेमविवाह गरेका विशाल प्रजापतिले बिहीबार ट्रेनको अगाडि हाम्फालेर आत्महत्या गरेका थिए । त्यसको भोलिपल्ट शुक्रबार उनकी पत्नी निशा गौतमले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् । विशालले आत्महत्या गरेपछि निशाका मातापिताले उनलाई माइती लिएर गएका थिए । जहाँ शुक्रबार राती उनले आत्महत्या गरिन् । विशालले स्थानीय कोचिङ सेन्टरमा कमर्सको कक्षा संचालन गर्थे र निशा एक बहुराष्ट्रिय कम्पनीमा एचआर म्यानेजर थिइन् ।

४ वर्षको प्रेमपछि उनीहरुले विवाह गरेका थिए । उनीहरुको बिहेमा परिवारको पनि सहमति थियो । विवाहको सबै विधि पूरा गरेपछि बिहीबार बिहान विशाल घरमा केही नभनी हिँडेका थिए । रातीसम्म उनी नआएपछि परिवारले पुलिसलाई खबर गरे । पुलिसलाई विशालको फोटो दिएर खोजी गर्न भनेका परिवारलाई केही बेरमै पुलिसको फोन आयो । पुलिसले एउटा शवको पहिचान गर्न बोलाएको थियो जुन शव विशालकै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *