थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय बढी

डिसी नेपाल
२१ असार २०७७ १६:४२

काठमाडौं । नेपालमा थप २०३ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। सबै जिल्लाबाट संकलन गरेको नमूना स्वाब देशका २५ वटा प्रयोगशालामा गत २४ घण्टामा गरेकाे परीक्षणबाट २ सय ९३ जना कोरोनाका संक्रमितहरु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ४ हजार ७ सय १० नमूना स्वाब परीक्षण गरिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३१ हजार ५ सय ७३ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै, ९ हजार २ सय ३ जनाको देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले भने ‘हालसम्म नेपालमा ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किएका छन्।

यस्तै, काठमाडौं उपत्यकामा ३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा ३० जना थप कोरोनाका संक्रमित देखिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २७ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *