चट्यांगसहित वर्षा हुने चेतावनी, यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

डिसी नेपाल
२१ असार २०७७ २०:०७

काठमाडौं। देशैभर मनसुन सक्रिय रहेका कारण आइतबार देशभर मौसममा बदली भएको र केही स्थानमा हल्का वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार साँझ ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भू–भाग नजिक निम्न चापीय क्षेत्र रहेको छ।

आइतबार साँझ ८ बजेको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २१ गते (आइतबार)

रातीः देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन – चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २२ गते (सोमबार)

दिउँसोः देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन – चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन – चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन – चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन – चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *