ब्राजिलमा मास्क अनिवार्य नगरिने

डिसी नेपाल
२१ असार २०७७ २२:१३

रियो दि जेनेरियो । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने नियमको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् ।

यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।

चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, “व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।”

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यस अघि हरेक सार्वजनिक क्षेत्रमा सम्वन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनु पर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्वन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनु पर्ने व्यवस्था स्वतः हटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *