११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२२ असार २०७७ १३:२४

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई भारतीय नागरिकले बलात्कार गरी हत्या गरेको खुलेको छ। नजिकैको आँप बगैचामा लगी बलात्कार हत्या गरको अभियोगमा धनुषा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो।

धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्। पक्राउ परेका सिंह सोही स्थानमा रहेको मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए।

गत असार १७ गते पाडापाडी चराउन आँप बगैँचामा गएको बेला स्थानीय विनोद पंजियारकी छोरी कञ्चनलाई उनले आँप दिने बहानामा ललाइफकाइ बलात्कार गरी हत्या गरेका थिए।

एसपी बस्नेतका अनुसार सिंहले इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन्। गत असार १७ गते दिउँसो १ बजे कंचन घरबाट पाडापाडी चराउन निस्केकी थिइन्। तर साँझसम्म समेत घर नर्फिएपछि परिवार तथा आफन्तले उनको खोजतलास सुरु गरेको थियो।

नभेटिएपछि १८ गते विहान उनका बुवा विनोद पंजियारले प्रहरीलाई खबर गरेका थिए। असार १९ गते दिउँसो साढे ११ बजे खेतमा काम गरिरहेकी स्थानीय महिलाले दुधमती नदीको किनार सिकटको झाडीमा कंचनको शव मृत अवस्थामा देखेकी थिइन्।

स्थानीयले प्रहरीलाई खबर गरे लगतै प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनस्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। अर्धनग्न अवस्थामा भेटिएको उनको शव दुर्गन्धित भइ शरीरको सम्पूर्ण भाग कालो भइसकेको अवस्थामा शव फेला परेको प्रहरी एसपी बस्नेतले बताए।

सिंहले प्रहरीका दिएको बयान अनुसार कञ्चन मिश्र इन्डस्ट्रिज छेउमै रहेको बँगैचामा कंचन पाडापाटी चराउँदै थिइन्। सिंह पनि सोही बगैँचामा आँप टिप्न पुगेका थिए। उनले आँप दिन्छु भनेर फकाउँदै कंचनलाई इन्डस्ट्रिजको पछाडि पट्टी बगैँचाको एकान्त कुनामा लगी बलात्कार गरे।

बलात्कार गरिरहेको अवस्थामा चिच्चाएपछि मुख थुनेर कंचनको हत्या गरदिए। प्रहरी उपरीक्षक बस्नेतका अनुसार सिंहले मृत लास सोही ठाउँमा लुकाइ आफुले प्रयोग गर्दै आएको ब्लांकेटमा बेरी असार १८ गते विहान ३ बजे नजिकै रहेको दुधमती नदीको झाडीमा फालदिए। उनले उक्त कम्बल लास देखि ५० फिट पश्चिममा स्थानीय दिलिप चौधरीको धानबालीमा फालेर माथिबाट माटोले पुरेको अवस्थामा बरामद भएको थियो।

सिसिटिभी र अन्य स्रोतहरुबाट अनुसन्धान गर्दै जाँदा दिपुले हत्या गरेको प्रहरीले सुइको पाएपछि २१ गते दिउँसो उनलाई प्रहरीले सोही इन्डस्ट्रिजबाट नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *