थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ९सयबढी

डिसी नेपाल
२२ असार २०७७ १६:३७

काठमाडौं। देशभर थप १ सय ८० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।योसँगै कोरोना संक्रमित हुनेको संख्या १५ हजार ९ सय ६४ रहेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा नेपालका २५ वटा प्रयोगशालामा ४ हजार ७ सय २१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

उनले २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेको जानकारी दिए। यस्तै, ९ हजार १ सय १८ जनाको देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको डा. गौतमले जानकारी दिए।

उनका अनुसार प्रदेश १ मा हालसम्म ७ सय १० जना कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै प्रदेश २ मा ४ हजार १ सय ८४, बागमती प्रदेशमा ६३९, गण्डकीमा १ हजार १ सय ७५, प्रदेश ५ मा ३ हजार ९ सय ८४ कर्णाली प्रदेशमा १ हजार ५ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ जना कोरोनाका संक्रमितहरु भेटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *