आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२३ असार २०७७ ८:११

काठमाडौँ । आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज मंगलबार र बुधबार प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको पूर्वानुमान तालिका सार्बजनिक गर्दै देशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

पूर्वानुमान महाशाखाको तीन दिने पूर्वानुमान तालिका

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २४ गते (बुधबार)

दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *