ट्रमा सेन्टरले विभेद गरेको भन्दै आन्दोलित उम्मेद्वारद्वारा अख्तियारमा उजुरी

डिसी नेपाल
२३ असार २०७७ १३:४३

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका परीक्षार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। मंगलबार उनीहरुले ट्रमा सेन्टरले आफूहरुमाथि विभेद गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन्।

राष्ट्रिय ट्रमा सेन्टरले माग गरेको २५ जना स्टाफ नर्सहरुका लागि १ हजार बढीले आवेदन दिएका थिए। ट्रमा सेन्टरले फागुन ३० गते सूचना प्रकाशित गरी २५ जना स्टाफ नर्स पाँचौं तहमा दरखास्त आह्वान गरेको थियो।

११ सय भन्दा बढीले फारम भरेपनि १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्तामा बोलाएपछि स्टाफनर्स आन्दोलित हुँदै आएका छन्। उनीहरुले पक्षपातपूर्ण तरिकाले १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्ताका लागि बोलाएको भन्दै उनीहरुले मंगलबार अख्तियारमा उजुरी दिएका हुन्।

पहुँचवाला र आफ्नालाई मात्र सर्ट लिस्टमा राखेको उनीहरुको गुनासो छ। उनीहरुले विभिन्न काराण देखाउँदै सेन्टरले आफ्नालाई मात्र परीक्षाबिना नै सर्टलिस्टमा छानेको भन्दै आन्दोलन थालेका छन्। शनिबारदेखि उनीहरुले आन्दोलन सुरु गरेका छन्।

सेन्टरले असार १९ गते अर्को सूचना जारी गर्दै प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ। यस्तै, उक्त सूचनामा अन्र्तवार्ताका लागि भन्दै १ सय ७७ जनाको नाम प्रकाशन गरेपछि अन्य परीक्षार्थीहरु आन्दोलित भएका हुन्।

यसअघि सेन्टरले जेठ ८ गते सूचना प्रकाशित गरी सम्पूर्ण परीक्षार्थीलाई एसएमएस गरेको थियो। सूचनामा पठाइएको एसएमएस अनुसार आफ्नो नाम, ठेगाना र नर्सिङ्ग काउन्सिल नं. सहित सम्पर्क गर्नुहुने स्टाफ नर्सका उम्मेदवारहरुलाई कर्मचारी छनौट समितिले जानकारी गराउने व्यहोरा उल्लेख गरिएको छ।

तर, अन्तिम अवस्थामा आएर आफुहरुमा अन्याय भएको परीक्षार्थीले बताएका छन्। उनीहरुले फारम भरेका सबैलाई परीक्षामा सामेल गराउनु पर्ने माग समेत राख्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *