सुनले बनेको पाँचतारे होटल!

डिसी नेपाल
२३ असार २०७७ १८:४८

काठमाडौं । भियतनामको एक यस्तो पाँचतारे होटल बनेको छ,जसको सम्पूर्ण भागमा सुनको जलप लगाइएको छ। हनोईमा बनेको डोल्से हानेई गोल्डेन लेक नामक होटल निर्माणमा रु २३ अर्ब ८० करोड बढी रकम खर्च भएको बताइएको छ।

उक्त होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप लगाइएको छ, भने यहाँ आउने पाहुनाले गोल्डन बाथमा हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।

होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ । यहाँ एक रात बस्न पाहुनाले २५० डलर तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।

उनले भने, ‘अहिलेको समयमा यो जस्तो होटल संसारको कुनै पनि मुलुकमा छैन ।’ लकडाउनका कारण भियतनाममा होटलहरु खुल्न नसकेको अवस्थामा यस वर्ष आफ्नो होटल खोलिएकोमा होटल मालिक खुसी भएका छन् । अर्को वर्षदेखि आफ्नो व्यापार वृद्धि हुनेमा उनी आशावादी छन् ।

‘हाम्रो समुहको एउटा कारखाना छ जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ तसर्थ हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन्,’ ड्वाङ्गले भने । यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *