फेरि सलह नेपाल आउने जोखिम, एक्शन प्लान बनाउँदै प्लान्ट क्वारेन्टिन सेन्टर

डिसी नेपाल
२४ असार २०७७ १८:१७

काठमाडौं। विनाशक किरा सलह फेरि नेपाल आउने जोखिम बढेको छ। विगतमा प्रवेश गरेको सलह एकप्तासम्म सक्रिय रहेर मरेपछि राहत महसुस गरेका नेपाली किसानका लागि फेरि यस्तो खबर आएको हो।

सलहबारे अनुसन्धान र प्रतिकार्य गरिरहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले सलहको अर्को झुण्ड भारतबाट नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको जनाएको छ।

सेन्टरका प्रवक्ता रामकृष्ण सुवेदीले भारतको राजस्थानमा सक्रिय रहेको सलह नेपाल आउन सक्ने जोखिम रहेको बताए। उनले डिसी नेपालसँग भने, ‘भारतको राजस्थानमा सलहका धेरै झुण्ड सक्रिए छन्। हावाको दिशाको कारण ती झुण्ड नेपाल आउने जोखिम छ।’ उनका अनुसार बिहीबारको मौसमी पूर्वानुमानअनुसार राजस्थानको सलह नेपाल आउने अनुमान गरिएको हो।

बिहीबार राजस्थानमा हावाको दिशा पूर्वी उत्तरतर्फ रहेकाले ती सलह नेपाल आउने सम्भावना रहेको हो। सुवेदीले भने, ‘मौसमी पूर्वानुमानअनुसार सलह नेपाल आउने सम्भावना छ। तर, वर्षा भयो भने यो अनुमान गलत पनि हुन सक्छ।’

उनले सलहको फेरि जोखिम बढेपछि सेन्टरमा बुधबार दातृ निकायका अधिकारीसँग छलफलसमेत बताएको जानकारी दिए। उनले भने, ‘दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ। उहाँहरुले सहयोग गर्ने मनाशाय देखाउनु भएको छ। हामीले पनि के कस्तो सहयोग आवश्यक पर्छ सूची बनाउँदै छौं।’

उनले सलहविरुद्धको एक्शन प्लान पनि बनाइएको जानकारी दिए। उनले बिहीबार सेन्टरले बनाएको एक्शन रपलान मन्त्रालयमा पठाइने बताए। उनले सलहविरुछ स्थानीय तहलाई तयारी अवस्थामा राख्नुनर्पे बताए। उनले त्यसका लागि स्थानीय तहमा विषादी स्टक राख्ने तयारी गरिएको बताए।

सलह नेपालमा एक हप्ता सक्रियता रहँदा मकैबालीमा सबैभन्दा धेरै क्षति गरे पनि क्षतिको विवरण भने प्राप्त भइनसकेको सेन्टरले जनाएको छ। सेन्टरका प्रवक्ता सुवेदीले भने, ‘हामी फिल्डमा जाने अवस्था छैन। स्थानीय तहसँग रिपोर्ट मागेका छौं। केही दिनपछि विवरण आउँछ होला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *