अमेरिकामा भेटिए एकैदिन ६० हजार कोरोना संक्रमित

डिसी नेपाल
२४ असार २०७७ १९:०२

काठमाडौं । अमेरिकामा एकैदिन ६० हजार जनामा कारोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कीर्तिमानी रुपमा कोरोना संक्रमित देखिएका हुन्।

यसअघि २ जुनमा ५५ हजार २ सय २० जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि भने केही समय नयाँ संक्रमितको संख्यामा कमि आएको थियो। मंगलबार क्यालिफोर्निया र टेक्सासमा एकैदिन १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म २९ लाख ९६ हजार ३३३ जना संक्रमित पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार महामारीबारे बोल्दै अमेरिका राम्रो स्थानमा रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *