रेष्टुरेन्टमा खाना खाँदा आधा रकम सरकारले तिरिदिने

डिसी नेपाल
२४ असार २०७७ १९:२९

लण्डन । बेलायत सरकारले रेष्टुरेन्टमा खाना खाने सबै मानिसको आधा रकम तिरिदिने बताएको छ। बुधबार बेलायतका अर्थमन्त्री ऋषि सुनाकले मिनि बजेट सार्वजनिक गर्दै आगामी अगष्टमा रेष्टुरेन्टमा खाना खाँदा ५० प्रतिशत छुट हुने बताएको बीबीसीले लेखेको छ।

कोरोना भाइरसको कारण अहिले समस्यामा परेको रेष्टुरेन्ट तथा सेवा उद्योगको विस्तारको लागि यस्तो योजना अघि सारिएको हो । अगष्ट महिनाभर प्रत्येक साता सोमबारदेखि बुधबारसम्म क्याफे, रेष्टुरेन्ट, पबहरुमा खाएको खानाको आधा शुल्क सरकारले तिर्नेछ ।

त्यस्तै मानिसहरुलाई गर्मी मौसममा बाहिर घुम्न जान प्रेरित गर्ने उद्देश्यका साथमा अस्थायी रुपमा भ्याटमा कटौतीको नियम ल्याइएको छ । पर्यटन र सेवा क्षेत्रमा भ्याट शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ । यसले प्रत्येक परिवारको वार्षिक १६० पाउण्ड बचत हुने बताइएको छ । यो नियम अर्को बुधबारदेखि लागू हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *