नेपालले भारतीय भूमिमा बन्न लागेको संरचना रोकेको आरोप

डिसी नेपाल
२४ असार २०७७ २०:११

काठमाडौं। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि नेपालविरुद्ध नभएको घटनामा पनि प्रोपोगाण्ड मच्चाइरहेका भारतीय मिडियाहरुले फेरि अर्को खबर प्रकाशित गरेका छन्।

भारतीय सञ्चार माध्यम आजतकको अलनलाई संस्करणमा नेपालले भारतीय भूमिमा बन्न लागेको संरचना निर्माण रोकेको समाचार प्रकाशित गरेको छ।

समाचारअनुसार नेपालको मोहत्तरी जिल्लाको मलिाबारा र भारतको सितामढी जिल्लाको भिठ्ठा मोडमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय भूमितर्फ भारत सरकार बनाउन लागेको सडक निर्माण रोकेको जनाइएको छ।

तर, नेपालले त्यहाँ सडक निर्माणमा कुनै अवरोध नगरेको जनाएको छ। मोहत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपालले सडक निर्माणमा अवरोध नपुर्याएको जानकारी दिए।

डिसी नेपालसँग फोनमा उनले भने, ‘त्यसरी हामीले रोकेको भन्ने होइन। दुबै देशलाई जोड्ने सडक निर्माणको कुरा हो। दशगजा क्षेत्रमा कालोपत्रे कसरी गर्ने भन्ने विषय हो। मैले त्यहाँको डीएम (डिस्ट्रिक म्याजिस्टेड)सँग यो विषयमा कुरा गरेको छु। दशगजा क्षेत्र यत्तिकै छोड्ने की दुई देशले पाँच पाँच मिटर कालोपत्रे गर्ने भन्नेमा छलफल भइरहेको छ।’

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले चीन, पाकिस्तान जस्तै नेपाललाई पनि समभाव राखेर समाचारहरु दिइरहेका छन्। तर, उनीहरुका समाचार तथ्यमा आधारित भन्दा प्रोपोगाण्ड गर्ने किसिमका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *