अमेरिकाका दुई ठूला विश्वविद्यालयद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर
काठमाडौं । अमेरिकाका दुई ठूला यूनिभर्सिटी हार्वर्ड र एमआइटीले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। बुधबार ती यूनिभर्सिटीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेश विरुद्ध मुद्दा दायर गरेका हुन्।
ट्रम्पले मंगलबार अमेरिकामा बसेर अनलाइनबाट पढाई गर्ने विद्यार्थीले देश छाड्नुपर्ने आदेश दिएका थिए। उक्त आदेशअनुसार अमेरिकामा अध्ययन गरिरहेका विद्यार्थीहरुको कक्षा विश्वविद्यालयले पूर्ण रुपमा अनलाइन बनाएको भए ती विद्यार्थीहरुले अमेरिका छाड्नुपर्नेछ । उनीहरुले आफैं उपस्थित भएर कक्षा लिनुपर्ने ‘इन पर्सन ट्युसन’ कक्षा अध्ययन गर्न थालेको अवस्थामा भने अमेरिकाको भिसा पाउनेछन् ।
हार्वर्ड विश्वविद्यालयले विश्वविद्यालयमै बस्नेसहित सबै विद्यार्थीहरुको कक्षा अनलाइनमार्फत हुने घोषणा गरेको थियो। हार्वर्डका अध्यक्ष लेरी बोस्कोदे भनेका छन्, ‘ट्रम्प प्रशासनले यो आदेश कुनै सूचनाबिना जारी गरेका हो। यसले कलेज तथा विश्वविद्यालयहरुलाई आफ्नो क्लास खोल्न दवाब बनेको छ। ट्रम्प प्रशासनलाई विद्यार्थीलगायत अन्य व्यक्तिको स्वास्थ्य तथा सुरक्षामा कुनै पनि चिन्ता छैन्।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment