तिब्बत विवादः चीनले दियो अमेरिकालाई यस्ताे जवाफ

डिसी नेपाल
२४ असार २०७७ २१:१४

काठमाडौं । चीन र अमेरिकाबीच पछिल्लो समय लगातार तनाव बढिरहेको छ। यसैबीच अहिले तिब्बतको विषयलाई लिएर दुई देशबीच भनाभन भइरहेको छ। सोही विवादका कारण चीन र अमेरिकाले दुई देशबीचका अधिकारीको भिसामा प्रतिबन्ध लगाएका छन्।

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएपछि चीनले पनि जवाफमा उक्त कदम उठाएको हो। चीनले तिब्बतको विषयमा हस्तक्षेप गर्ने अमेरिकीहरुमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लियाजिनले तिब्बतमा मानवअधिकारको उल्लंघन भएको भन्दै अमेरिकाले लगाएको भिसा प्रतिबन्धको जवाफमा चीनले पनि सोही कदम उठाएको बताए।

अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले मंगलबार दिएको बयानपछि चीनको यस्तो जवाफ आएको हो। पोम्पेओले मंगलबार बेईजिङका केही अधिकारीहरुलाई अमेरिका आउन रोक लगाउने बताएका थिए। उनले तिब्बतको अर्थपूर्ण स्पायत्तताको समर्थन गर्ने बताएका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले तिब्बतमा बेईजिङले कुनै पनि विदेशी हस्तक्षेपलाई अनुमति नदिने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *