भारतमाभन्दा नेपालमा पेट्रोलियमको मूल्य सस्तो, तस्करीको जोखिम

डिसी नेपाल
२४ असार २०७७ २३:३३

काठमाडौं। भारतमाभन्दा नेपालमा पेट्रोलियम पद्धार्थको मूल्य सस्तो भएपछि सीमा क्षेत्रमा तस्करी हुनसक्ने जोखिम बढेको छ। नेपाल आयल निगमनका अनुसार सीमा क्षेत्रका भारतीय बजारमाभन्दा नेपालमा हाल पेट्रोलियम पद्धार्थ प्रतिलिटर ४० रुपैयाँसम्म सस्तो छ।

यस्तो अवस्थामा नेपालबाट भारतमा पेट्रोलियम पद्धार्थ तस्करी हुने जोखिम बढेको निगमको चिन्ता छ। हाल वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा हुँदा सीमावर्ती भारतीय बजार रक्सौलमा १३४ रुपैयाँ नेपाली छ।

यस्तै डिजेल वीरगञ्जमा ८५ रुपैयाँ ५० पैसा हुँदा रक्सौलमा १२४ रुपैयाँ छ। भारतभन्दा नेपालमा पेट्रोलियम पद्धार्थ सस्तो भएपछि सीमा क्षेत्रमा तस्करी हुने यसअघि कै रोग फेरि बढ्ने देखिएको हो। झापाभन्दा भारतको सिलिगुढीमा, विराटनगरभन्दा जोगबनीमा र भैरहवाभन्दा सुनौलीमा पेट्रोलियम पद्धार्थको मूल्य भारतमा महंगो रहेको निगमले जनाएको छ।

निगमले सीमावर्ती बजारमा मूल्यअन्तर हालसम्मकै उच्च रहेको निगमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *