बलिउडका हाँस्य कलाकार जगदिपको निधन

डिसी नेपाल
२५ असार २०७७ ६:४७

काठमाडौँ । बलिउडका हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी) को निधन भएको छ ।

हिजो बुधबार ८१ वर्षीय जगदिपको मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार, जगदिपको बुधबार बिहान साढे ८ बजे आफ्नै घरमा निधन भएको हो ।

चलचित्र शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनी बलिउडमा थप चर्चित बनेका थिए ।

शोले बाहेक जगदिपले ब्रह्मचारी, नागिन र अन्दाज लगायत चलचित्रमा अभिनय गरेका छन् ।

उमेर बढेसँगै उनी केही समयदेखि विभिन्न रोगबाट ग्रस्त थिए ।

पछिल्लो ३ महिनामा ५ हस्तीको निधन

पछिउडमा पछिल्लो तीन महिनामा ५ जना कलाकारको निधन भएको छ । गत अप्रिल महिनामा इरफान खान र ऋषि कपूरको निधन भएको थियो । त्यसको लगत्तै जून महिनामा सुशान्त सिँह राजपूतले आत्महत्या गरेका थिए भने यसै महिना अर्थात केही दिन पहिला मात्रै सरोज खानको निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *