प्रदेश १ मा १७ सङ्क्रमित थपिए, ४९ जना घर फर्किए

डिसी नेपाल
२५ असार २०७७ ८:३८

विराटनगर । प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई/दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो।

मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७०२ पुगेको छ।

यस्तै प्रदेशमा ४९ सङ्क्रमित निको भई घर फर्केका छन्। यसरी निको हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका १४ र पूर्वाञ्चलविश्व विद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट ३५ छन्।

निको हुने सङ्क्रमितमा १० महिलासहित ४९ रहेका मन्त्रालयले जनाएको छ। प्रदेशबाट निको हुने सङ्क्रमितको सङ्ख्या ५२७ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *