कर्णाली प्रदेश सरकारको बजेट पारित

डिसी नेपाल
२५ असार २०७७ १०:०१

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश योजना आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोगको बजेटमाथि प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिएका थिए।

मुख्यमन्त्री शाही र योजनामन्त्री ज्वालाले सभामा उठेका प्रश्नहरुको जवाफ दिएसँगै सभामुख राजबहादुर शाहीले प्रदेश सरकारको आर्थिक विधेयक, २०७७ पारित गरियोस् भनी सभा प्रस्ताव गर्न आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका थिए ।

योजनामन्त्री ज्वालाले पारित गरियोस् भनी सभामा गरेको प्रस्ताव उक्त सभाले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको थियो।

प्रदेश सरकारले यही असार १ गते पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९९ करोड ६५ लाख (नौ प्रतिशत) गरी आगामी आव २०७७/७८ का लागि जम्मा रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *