८ जना प्रहरीको हत्या अभियुक्त विकास दुबे पक्राउ, आफैंले पुलिसलाई सूचना किन दिए ?

डिसी नेपाल
२५ असार २०७७ १०:२५

काठमाडौं। भारतको कानपुरमा ८ जना प्रहरीको हत्या गरी फरार अभियुत्तः विकास दुबे पक्राउ परेका छन् । विकासलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको स्रोतको हवाला दिँदै बीबीसी हिन्दीले लेखेको छ ।

उज्जैनको महाकाल मन्दिर थानाबाट विकास दुबेको गिरफ्तारी देखाइएको बताइएको छ । बिकासले आफू उज्जैनको महाकाल मन्दिर पुग्न लागेको सूचना आफैंले कुनै स्रोतमार्फत पुलिससम्म पुर्याएका थिए । उनी आफैंले पुलिससम्म सूचना किन पुर्याए भन्ने प्रस्ट भइसकेको छैन । पुलिसले इन्काउन्टरमा मारिदिन सक्ने डरले उनले आफैं गिरफ्तारी दिएको हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा थप जानकारी पप्त भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *