शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

डिसी नेपाल
२५ असार २०७७ १६:०५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे।

सघीय संरचनाअनुसार प्रहरी समायोजन काम टुङ्गोमा छिटो पुग्नेगरी काम गर्नसमेत उनले निर्देशन दिए। ‘राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिए’, उनले भने।

गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिए। महानिरीक्षक क्षेत्रीले आफू गृह मन्त्रालयप्रति आभारी रहेको र आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *