भारतीय गुप्तचरलाई नभेटेको नेकपा प्रवक्ता नारायणकाजीको भनाई

डिसी नेपाल
२५ असार २०७७ १७:०८

काठमाडौं। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचरसँग आफूले नभेटेको बताएका छन्। भारतीय गुप्तचर निकायका एजेण्ट काठमाडौंमा सक्रिय रहेको र ती एजेण्टले तीनजना पूर्व प्रधानमन्त्रीलागयत नारायणकाजीसँग भेट गरेको केही सञ्चार माध्यमहरुले जनाएका थिए।

नेकपा प्रवक्ता श्रेष्ठले ती समाचारहरुको खण्डन गरेका हुन्। भारतीय सञ्चार माध्यम दि पायोनियरले भारतीय एजेण्टहरु काठमाडौंमा सक्रिय रहेको समाचार प्रकाशित गरेको थियो।

ट्वीट गर्दै श्रेष्ठले लेखेका छन्, ‘भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गँभीर ध्यानाकर्षण भएको छ। आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर म सगँ भेटेको भन्ने पुरै झुठ हो।खवरदार !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *