भारतीय सञ्चारमाध्यमविरुद्ध नेपालले राजनीतिक र कानुनी उपचार खोज्ने
काठमाडौं। विगत केही दिन यता लगातार भारतीय सञ्चार माध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी ओलीविरुद्ध गरिरहेको दुष्प्रचारको नेपाल सरकारले भत्सर्ना गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नेक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ।’
उनले भारतीय सञ्चारमाध्यमविरुद्ध सरकारले राजनीतिक र कानुनी उपचारसमेत खोज्ने बताए। उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ।’
उनले सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment