‘स्वइच्छाले अंङ्गदान गर्न पाउने कानून संशोधन आवश्यक’

डिसी नेपाल
२५ असार २०७७ १९:३३

काठमाडौं। मिर्गौला तथा अङ्गदान सम्बन्धि अन्तक्रिया कार्यक्रम संचार केन्द्र नेपालको आयोजनामा सम्पन्न भएको छ । नेपालमा रहेका मिर्गौला रोगीलाई बचाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले अंङ्गदान सम्वन्धि कानून संशोधनको प्रक्रियामा लैजानु पर्ने कुरामा जोड दिँदै अङ्गदान सम्बन्धि जनचेतना जगाउन आवश्यक रहेको बताए।

मष्तिष्कघात सम्वन्धि कानून समेत परिमार्जन गरी धेरै मिर्गौला विरामीलाई जोगाउन सकिने भन्दै उनले कानून संशोधन प्रक्रियामा लैजान पहल गर्ने बताए। कार्यक्रमामा नेपाल वार एशोशियसनका महासचिव लिलामणी पौडेले मिर्गौला विरामीको बाँच्न पाउने अधिकार रक्षा गर्दै स्वइच्छाले अंङ्गदान गर्न पाउने कानून संशोधन गर्नु आवश्यक रहेको बताए।

भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ज्ञावलीले नेपालमा मिर्गौला प्रत्यारोपणको पर्खाइमा बसेका विरामीलाईं जोगाउन मष्तिष्कघात भएका व्यक्तिहरुको अङ्ग झिकेर अर्को मिर्गौला विरामीलाई प्रत्यारोपण गर्न असहज भएकाले सहज वातावरण मिलाइदिन सम्वन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।

कार्यक्रममा मिर्गौला तथा अङ्गदान राष्ट्रिय अभियान नेपालका संयोजक रेणुका भट्टराईले मिर्गौला पीडितको तर्फबाट बोल्दै अङ्गदान सम्वन्धि कानून संशोधन गरी मिर्गौला विरामीलाई बचाउन सम्वन्धित निकायलाई अनुराध गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *