पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। १० दिनमा दोस्रो पटक नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि असाढ १६ गते मूल्य बढाइएको थियो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य बढाएको छ।
नयाँ मूल्य शुक्रबार राती १२ बजेबाट लागु हुनेछ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १०२ लिटर पुगेको भने, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ। हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment