कोरोनाको कारण थप तीन जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

डिसी नेपाल
२७ असार २०७७ १६:५८

काठमाडौं । कोरोना भाइरसको कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ। मृत्यु हुनेमा काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *