कोरोना संक्रमित अमिताभ बच्चनले नानावटी अस्पतालबाट पठाए भिडियो सन्देश

डिसी नेपाल
२८ असार २०७७ ११:३८

काठमाडौं। कोभिड–१९ बाट संक्रमित भएपछि मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावटी अस्पतालको आइसोलेशनमा छन् ।

अस्पतालबाट उनले एक भिडियो सन्देश जारी गर्दै डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताए । उनको भिडियो सन्देशमा कोरोना भाइरस विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई इश्वरको उपमा दिएका छन् ।

‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् ? किनकि भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन्’ उनले भिडियो सन्देशमा भनेका छन् ।

अहिलेको समय केही कठिन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् । सबै एक भएर काम गरेमा चाँडै अहिलेको कठिन परिवेशबाट बाहिर आउन सकिने उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *